सौराहामा टेस्ला एयर कन्डिस्नरको बिजनेश पाटर्नस मिट, चितवनमै टेस्ला प्लान्टबाट उत्पादन गरिदै

CEO Kiran Acharya at business meet up event.

चितवन, ३१ साउन । नेपाली उत्कृष्ट एयर कन्डिस्न टेस्ला एयर कन्डिस्नरले पर्यटकीय नगरी सौराहामा बिजनेश पाटर्नस मिट २०७५ सम्पन्न गरेको छ ।
गर्मी र जाडो मौसमसगैँ पूर्ण रुपमा वातावरणमैत्री एयर कन्डिस्नरको रुपमा २०७१ सालमा स्थापित भूलक्ष्मी ग्रुप प्रा.लि. मार्फत चितवनसहित देशैभरमा टेस्ला एअर कन्डिस्नर बिक्रि वितरण हुदै आएको छ ।

नेपालमा नै पहिलो ल पटक भारत र चीनमा उत्पादित, जापानीज कम्प्रेसर, भिटामीन सी फिल्टर र एअर प्युरिफायर सिस्टम भएको टेस्ला एअर कन्डिसनलाई हामीले नेपालमा भित्र्याएको पनि २ वर्षमा नै अलग पहिचान दिलाई ग्राहकहरु माझमा लोकप्रिय छ ।
मध्य नेपालको चितवनमा मुख्य कार्यालय र कर्पोरेट अफिस काठमाडौं र देशभरका १८ डिस्टिब्यूर्टसहरु मार्फत सेवा प्रदान गदै आएको छ ।
“हामी सेव गर्ने अवसर प्रदान गर्नुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु भूलक्ष्मी ग्रुप प्रा.लि.का अध्यक्ष किशोर आचार्यले भने यहाँहरुको साथ र हौसलाकै कारण हामी निकट भविष्यमै चितवनको रामपुरमा आफ्नै प्लान्टबाट टेस्लाको उत्पादन अगाडि बढाउने तयारीमा छौं । ”

Singer Sugam Pokharel at Tesla Air Conditioner business meet up event.

बिजनेश पाटर्नस मिटले भूलक्ष्मी ग्रुप र टेस्ला एअर कन्डिसनको व्यवसायिक सफलताका लागि महत्वपूर्ण योगदान दिने विश्वास उनले व्यक्त गरे ।
। टेस्ला एअर कन्डिस्नरका प्रयोगकर्ताहरुको सुविधाका लागि टेस्ला एसी नामक मोबाइल एप्लिकेसन सोी अवसरमा लन्च गरिएको थियो ।
यसबाट टेस्ला उत्पादन प्रयोगकर्ताहरुले आवश्यक जानकारी लिने र समस्या देखिएमा मोबाइल एपबाटै जानकारी दिए आवयश्क सेवा लिन सक्ने कम्पनी प्रमुख कार्यकारी अधिकृत किरण आचार्यले जानकारी दिए ।
सो अवसरमा टेस्लामा ब्राण्ड टेलिभिजनमकर्मी एम्बेस्टर सुरजसिहं ठकुरीले छोटो समयमा नै आम जनताको मन जितेका कारण टेस्लमा भिन्न पहिचान बनेको बताएका थिए । सोही अवसरमा चर्चीत हास्य कलाकार जितु नेपा, गायक सुगम पोखरेल, मोडलहरु माल्भिका सुब्ब र रक्षा श्रेष्ठले आआफ्नो प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *